आइतवार, आश्विन १८ गते २०८३

प्रभु साहले निजामती विधेयक च्यात्दै भने : पारित भए देशमा आगो बल्छ

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पुस्तक च्यातिदिएका हुन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्यातेका हुन् ।

उनले उक्त विधेयकलाई गरिबमारा पनि भनेका छन् । उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन, यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ ।’

साहले भने, ‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ कित भन्नुपर्‍यो ? अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’

निजामती सेवा विधेयकमाथि सदनमा छलफल जारी रहेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार