आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त प्रस्ताव पेस गरेसँगै सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेका थिए । पारित भएसँगै सभामुख घिमिरेले संघीयता सफल कार्यान्वयनका लागि यसले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा लिएको छु ।’ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार