आइतवार, आश्विन १८ गते २०८३

माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेकपा एसले अध्यक्ष माधवकुमार नेपालबारे सार्वजनिक रूपमा नबोल्न पार्टी पंक्तिमा निर्देशन गरेको छ ।

महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको भन्दै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न ध्यानाकर्षण गराएका हुन् ।

‘यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ । साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद (प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ’, पार्टीको निर्देशनमा भनिएको छ ।

नेतृ रामकुमारी झाँक्रीले ‘मरेको सिनो काँधमा हालेर हिँड्न नसकिने’ विस्फोटक अभिव्यक्तिसँगै अर्ली महाधिवेशनमा गएर पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्तावले पार्टीमा हलचल ल्याएसँगै निर्देशन जारी गरिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार