आइतवार, आश्विन १८ गते २०८३

कांग्रेस कार्यालय सानेपामा नेविसंघका अधिवेशन पक्षधरले गरे प्रदर्शन (तस्वीरसहित)

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन पक्षधरहरुले प्रदर्शन गरेका छन् ।

FSU3_TtHAOivVD1.png

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरुले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले, ?’ ‘म मेरो पार्टीले वन्धक बनएको नेविसंघ,’ ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

FSU7_FqgHYmiGnm.png

उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।

FSU4_S9IYGyJwfe.png

सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी मासेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधारबिना म्याद थप किन गर्ने भन्दै प्रश्न गरेका छन् ।

FSU5_V0MXE0AHeZ.png

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार