आइतवार, श्रावण २४ गते २०८३

शिक्षा विधेयक अलपत्र : संसदीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

सोमवार , आषाढ १६, २०८२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने जिम्मेवारीलाई अलपत्र पारेर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही समय मागेपछि समितिका सभापति अम्मरबहादुर थापाले अर्काे सूचना नभएसम्मका लागि समितिको बैठक स्थगित गरेका छन् । समितिमा अधिकांश विषयमा सहमति भइसके पनि शिक्षक महासंघसँग छलफल गर्न भन्दै शिक्षामन्त्री पन्तले समय मागेका हुन् ।

समिति बैठकमा उपस्थित शिक्षामन्त्री पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विधेयक पास गर्न रोक्नुपर्ने आग्रह गरेका थिए । विधेयकमाथि लामो छलफल गरेको समितिले सोमबार विधेयक पारित गरेर संसद्मा पठाउने तयारी गरेको थियो ।

त्यसअघि मन्त्री पन्तले नेपाली कांग्रेसको पार्टी कार्यालय पुगेर सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । यसरी विधेयक अगाडि बढाउनुको सट्टा रोकेर बैठक नै स्थगित गरिएपछि शिक्षा विधेयक अलपत्र पर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार