आइतवार, आश्विन १८ गते २०८३

सक्रिय बन्दै काठमाडौं महानगरपालिका वडा नम्बर २९, फोहोर वर्गीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले फोहोरलाई ‘श्रोतमैं फोहोर वर्गीकरणसम्बन्धी’ अन्तरक्रिया गरेको छ ।

वडाले सोमबार आफ्नै कार्यालय अनामनगरमा सरोकारवाला विभिन्न पक्षसँग अन्तरक्रिया गरेको वडा सचिव शम्भु बरालले बताएका छन् । बरालले काठमाडौंमा फोहोर मुख्य चुनौतीको रूपमा रहेको हुँदा यसलाई व्यवस्थापन गर्नेसम्बन्धी अन्तरक्रिया गरिएको जनाएका छन् । उनले वडा सबैको साझा भएकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

त्यस्तै, वडाध्यक्ष कुश ढकालले भने, ‘फोहोर व्यवस्थापनलाई केही हदसम्म सहज र व्यवस्थित गर्न सकिन्छ भन्ने अभिप्रायले वडा कार्यालयले अन्तरक्रिया गरेको हो । फोहोर व्यवस्थापन गर्नै नसकिने कुरा होइन तर सबैले यसमा जिम्मेवारी लिनुपर्छ ।’ वडाध्यक्ष ढकालले सामूहिक पहलबाट फोहोर व्यवस्थापन गर्न सकिने भएकाले सबैलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले फोहोर व्यवस्थापनसम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । प्राप्त सुझावलाई आधार मानेर आगामी दिनमा फोहोर व्यवस्थापनसम्बन्धी योजना बनाउने पनि वडाले जनाएको छ । वडाले सामाजिक सरोकारका विषयमा पटक–पटक अन्तरक्रिया तथा छलफल गर्दै आएको छ ।

वडाले आगामी आर्थिक वर्षको बजेटका बारेमा पनि स्थानीय तथा सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार