आइतवार, आश्विन १८ गते २०८३

हितराज पाण्डे भन्छन्– निजामती विधेयक नजानेर त्रुटि भएको होइन

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको बताएका छन् ।

बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा उनले षड्यन्त्र भएको र सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने बताएका छन् । उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को–को संलग्न छन् र उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै सजिलै राखिएको होइन ।’

पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार