बिहिवार, आश्विन १५ गते २०८३

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र बैंक घोटाला प्रकरणमा पक्राउ

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले मिश्रलाई दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो । सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैंकका अध्यक्ष थिए । उनी बैंक घोटला प्रकरणमा पक्राउ परेका हुन् ।

मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ । मिश्र सत्ताको नेतृत्व गरेका दल एमालेका केन्द्रीय सदस्य हुन् भने जिविस सभापति पनि भइसकेका व्यक्ति हुन् । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।

स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार