आइतवार, आश्विन १८ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

बुधवार , आषाढ १८, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता लिएकी छिन् । बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृहमन्त्रालयमा दर्ता भएको हो।

भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै गृहमा पत्र पठाएकी हुन् ।

भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।  राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार