आइतवार, आश्विन १८ गते २०८३

पूर्वराष्ट्रपति भण्डारी सक्रिय हुँदा एमालेमा नेतृत्वको बहस पूर्णत: रोक्न महासचिवको निर्देशन

बुधवार , आषाढ १८, २०८२

काठमाडौँ । नेकपा एमालेमा सक्रियता बढाउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाले पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ ।

राज्यबाट लिइरहेको सेवासुविधा समेत फिर्ता गर्दै थप सक्रियता बढाउने तयारी पूर्वराष्ट्रपति भण्डारीले गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकाले अहिले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट बुधबार बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष सहितको बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानबारे बहस गर्न निर्देशन दिए ।

‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतस् रोक्नुपर्छ,’ महासचिव पोखरेलले भने । एमालेले आगामी भदौ २०-२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने तयारी गर्दैछ । विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता–कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन उनले आग्रह गरे ।

राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार