आइतवार, श्रावण २४ गते २०८३

बालेनले गरे पशुपति शर्माको गीतको प्रशंसा

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले हालै चर्चामा आएको गायक पशुपति शर्माको नयाँ गीतको प्रशंसा गरेका छन्।

नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकालेका छन्। जुन लोकप्रिय बनेको छ। यसै परिवेशमा रहेर मेयर बालेनले उक्त गीतको प्रशंसा गर्दै एक पोष्ट गरेका हुन्।

उनले शर्माको गीत जस्तै अन्य र्‍यापरहरूले पनि यस्तै गीतहरू ल्याए हुने भन्दै शुद्ध हिपहप भनेका छन्। उनले ‘झोले त तै, झोले त मै’ बोलको गीतको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘म चाहन्छु र्‍यापरहरूले यस्ता गीत बनाउन्, शुद्ध हिपहप ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार