आइतवार, आश्विन १८ गते २०८३

कमल थापा भन्छन्– छाडातन्त्र रोक्न राजा राखौँ

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छाडातन्त्र रोक्न अभिभावकका रूपमा राजसंस्था जरुरी भएको जानकारी गराएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरेका छन् । उनले मुलुक अभिभावकविहीन भएको बताउँदै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको दाबी गरेका छन् ।

थापाले अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामसमेत गर्न पछि नपरेको जिकिर गरेका छन् । धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएको भन्दै थापाले चिन्ता प्रकट गरेका छन् । उनले यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणका लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार