आइतवार, आश्विन १८ गते २०८३

प्रभु साह भन्छन्– हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन् । दुनियाँमा नभएको मौलिक हक छ । तर कार्यान्वयन एउटा पनि भएको छैन, त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले स्वीकार्ने खालको हुनुपर्छ ।’

साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार