आइतवार, आश्विन १८ गते २०८३

नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका एक नेताले जानकारी दिएका छन् । सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार