आइतवार, आश्विन १८ गते २०८३

पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु : रामहरि खतिवडा

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।

संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए । विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’ उनले बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न आग्रह गरेका छन् ।

उनले समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको बताएका छन् । खतिवडाले पार्टीमा सभापति, उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे, ‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने, ?’

पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरेका छन् । खतिवडाले भने, ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस, पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ रु’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार