आइतवार, आश्विन १८ गते २०८३

माधव नेपाल भन्छन्– मान्छेहरू मलाई ‘जसलाई पद दियो, उसैबाट नोक्सानी हुन्छ’ भन्न थाले

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘नबिराउनू, नडराउनू । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेस गरोस् । जुनसुकै बलिदान गर्न तयार हुन्छु, ।’

आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनले दाबी गरेका छन् । आफूले अघि सारेकै र पद दिएकैहरूबाट नोक्सानी हुने गरेको भनेर आफ्ना नजिककाहरूले भन्ने गरेको पनि उनले सम्बोधनको क्रममा बताएका छन् । अध्यक्ष नेपालले भने, ‘कहिले पनि बदलाको भावनाबाट नहिँड्ने । सकेसम्म सबैलाई समेटेर अघि लाने मान्छे हुँ म । मलाई अहिले भन्छन्, तपाईं मान्छे चिन्नुहुन्न । जसलाई उकास्नुहुन्छ, जसलाई पद दिनुहुन्छ, त्यही मान्छेले तपाईंलाई नोक्सानी गर्ने गरेको छ । यो संसार नै यस्तै छ भनेर ।’

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी पनि गरेका छन् । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार