काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।
आइतबार (आज) साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं, त्यसकारण आज पर्यटन राज्यमन्त्री ज्यूले साँझ ५ बजे प्रधानमन्त्री ज्यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ ।’
शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री रहेका छन् ।