आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सोमवार , आषाढ २३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ।  प्रधानमन्त्रीले आज आफ्नो एक साता लामो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘प्रधानमन्त्रीकाे स्पेन भ्रमणमा के के भयो, त्यो विषयमा आज संसद‍‍्लाई जानकारी गराउनु हुनेछ,’ बर्तौलाले भने, ‘त्यसबाहेक अरु समसामयिक विषयमा पनि उहाँले बोल्ने कार्यक्रम छ।’ प्रधानमन्त्रीले यही असार १४ गतेदेखि २० गतेसम्म स्पेन भ्रमण गरेका थिए। 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार