आइतवार, आश्विन १८ गते २०८३

बजेट ल्याउन मेयरसँग छलफल गरेकी छु : सुनीता डंगोल

सोमवार , आषाढ २३, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट नल्याउनु ठिक नहुने बताएकी छन्। 

उपमेयर डंगोलले समयमै बजेट ल्याउन आफूले पहल गरिरहेको र यस क्रममा आइतबार मेयर बालेन्द्र शाह बालेनसहित प्रवक्ता र कार्यपालिकाका केही सदस्यसँग अनौपचारिक छलफल गरिररहेको जानकारी पनि दिएकी छन्।

‘मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौँ महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटकपटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनुपर्छ भन्ने लाग्दैन। कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु’, उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु। उहाँहरूबाट मैले सकारात्मक संकेत पनि पाएकी छु।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार