आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । 

बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने छन् भने सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने छन् ।

बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची पनि राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार