आइतवार, आश्विन १८ गते २०८३

राप्रपा र रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।

यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए । अवरोध लगत्तै दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।

आजैको बैठकमा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार