काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइबारे कुराकानी भएको बताएका छन् ।
सोमबारको प्रतिनिसभा बैठकमा उक्त भ्रमणबारे जानकारी गराउँदै उनले हमासले बन्दी बनाएका जोशीको रिहाइको विषयमा कुराकानी गरेको बताएका हुन् । उनले भने, ‘उहाँ (इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली) सँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु, साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु ।
त्यस्तै प्रधानमन्त्री ओलीले गत साता स्पेनमा भएको स्टोनियाका राष्ट्रपति अलार कारिससँगको भेटमा सूचना प्रविधिका विषयमा छलफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘स्टोनियाका राष्ट्रपतिसँग भएको भेटवार्तामा सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भयो, ।’