आइतवार, आश्विन १८ गते २०८३

कांग्रेस र एमाले यो संविधान र गणतन्त्रको आधिकारिक पक्ष होइन्: प्रचण्ड

बुधवार , आषाढ २५, २०८२

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको सांसद् संख्या कम भए पनि वर्तमान राजनीतिको संस्थापन पक्ष आफ्नै दल भएको बताएका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले माओवादी कानुनी र सांसद् संख्याको हिसाबले सदनमा तेस्रो स्थानमा रहे पनि वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति आफ्नो दल भएको दाबी गरेका हुन्। उनले के सन्दर्भमा यसाे भनेका हुन् त्याे भने खुलाएका छैनन्।

‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ। तर, हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन र कांग्रेस तथा एमाले प्रतिपक्ष हुन् भन्ने जिकिरसहित उनीहरु यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको दाबी गरेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार