काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका विषयमा प्रश्न उठेपछि परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमणको विषयमा उठेका विषयहरु भ्रामक र आधारहीन भएकले विश्वास नगर्न भनेको छ ।
स्पेनको सेभिया सहरमा आयोजित “विकासका लागि वित्त" चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रमा नेपालको सक्रिय नेतृत्व र योगदान साथै द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र उपलब्धिहरूसम्बन्धी विस्तृत विवरणहरू परराष्ट्र मन्त्रालय र अन्य आधिकारिक स्रोतहरूबाट पहिले नै सार्वजनिक भइसकेका छन्,'विज्ञप्तिमा भनिएकाे छ,तसर्थ, सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धितत सबैलाई हार्दिक अनुरोध गरिएको छ ।'
प्रधानमन्त्रीसँग भ्रमणको बहानामा गएकाहरु नफर्किएको भन्दै संसद्मै रास्वपाले प्रश्न उठाएको थियो ।