आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्रीले आफ्नै सरकारी निवासमा बोलाए त्रिवि सिनेट बैठक

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा (सिनेट) बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटमा बस्दैछ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बैठक बिहान १० बजेका लागि बोलाएका हुन्।

त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमी (यो वर्ष असार २० गते) बस्ने परम्परा भए पनि कुलपति ओलीले असार २२ गते बते बोलाका थिए। तर उनी बेलिब्रिज उद्घाटन गर्न हुम्ला गएपछि बैठक स्थगित भएको थियो।

बिहीबार त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको अनुकुलतामा मिति र बैठक बस्ने स्थान तय गरिएको भन्दै कतिपय पदाधिकारी असन्तुष्ट छन्। बैठक विश्वविद्यालयमै बस्नुपर्ने उनीहरूको अडान छ। विश्वविद्यालयको स्वायत्तताको दृष्टिले यो गलत रहेको उनीहरूको भनाइ छ।

विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्पराको दृष्टिले बैठक स्थलको परिवर्तनप्रति उनीहरूले आपत्ति जनाएका छन् । बुधबार त्रिविमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्राडा दीपक अर्यालले उपकुलपतिको जिम्मेवारी पाएका हुन्। त्रिवि सभामा विद्यार्थी प्रतिनिधिसमेत रहने व्यवस्था छ । तर, यसपटक भने विद्यार्थी प्रतिनिधि नियुक्ति गर्न बाँकी रहेकाले सभामा उनीहरूको सहभागिता नहुने भएको छ । विद्यार्थी प्रतिनिधि नियुक्ति गर्ने जिम्मा त्रिवि कार्यकारी परिषद्को हो ।

तर, हालसम्म विद्यार्थी प्रतिनिधिहरूलाई नियुक्त गरिएको छैन । त्रिवि कुलपति एवं प्रधानमन्त्री ओलीले सभामा विद्यार्थी राख्दा बढी प्रश्न उठाउने र बैठक लम्बिने भन्दै कार्यकारी परिषद्लाई विद्यार्थी प्रतिनिधि नियुक्ति नगर्न निर्देशन गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार