आइतवार, श्रावण २४ गते २०८३

दुर्गेशको नयाँ गीतले राख्यो २४ घण्टामै धेरै भ्यूज पाउने नेपाली गीतको रेकर्ड

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ ।

रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । दुर्गेशले यो गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार बेलुका रिलिज भएको थियो । उक्त गीत रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो । गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ ।

यस गीतमा दुर्गेशले सिसनका साथै गुराँस नानी र अल्हाजी गेरोलाई पनि साथमा लिएका छन् । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो । यो समाचार लेख्दासम्म दुर्गेशको गीतलाई साढे १७ लाख भन्दा धेरैपटक हेरिएको छ । यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार