आइतवार, आश्विन १८ गते २०८३

सांसद योगेश भट्टराई भन्छन्– उपभोक्ता समिति दलका भर्ती केन्द्र बने

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले उपभोक्ता समितिहरू दलका भर्ती केन्द्र बन्ने गरेको बताएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले अब उपभोक्ता समितिमार्फत काम नगर्ने प्रस्तावसमेत गरेका छन् । उनले भने, ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्य–कर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन् । उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ ।’

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा राम्रो हुने गरे पनि अहिले अवस्था उल्टो रहेको उनले बताएका छन् । सांसद भट्टराईले भने, ‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर, अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् ।’

उनले थपे, ‘उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र भएका छन्। यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार