काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले उनलाई बोलाइएको बताएका छन् ।
पूर्वराजा शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरेको, संविधानले नचिनेको संवाद सचिवालय भनि सम्बोधन गरिएको र श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाइएको अधिकारीहरुले बताएका छन् ।
यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गर्न बोलाइएको हो ।