आइतवार, आश्विन १८ गते २०८३

काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेट नबसी सकियो

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक ६ महिनापछि आज शुक्रबार एक मिनेट पनि नबसी सकिएको छ ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकमा एउटा मात्रै एजेन्डा प्रस्तुत गरिएको थियो । उक्त एजेन्डामा नगरकार्यपालिकाका सदस्यहरूले ताली बजाएर समर्थन जनाएका छन् । एजेन्डा थियो– नगरसभा असार २९ गते बोलाउने ।

४० औं बैठकमा स्वागत छ भन्दै नगरप्रमुख बालेनले भने, ‘२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ । नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु । अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु ।’

त्यसअघि आजै महानगरको राजस्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले २५ अर्बको बजेट ल्याउने सीमा निर्धारण गरेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार