काठमाडौं । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सात बजे घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षीय पदमबहादुर राना मगर बेपत्ता भएका थिए । मगरको शव आज दिउँसो २ : ४० को समयमा जंगलभित्र बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिएका छन् ।
खनालका अनुसार, मगर अन्य तीन जनासहित घाँस काट्न वनमा प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आए पनि उनी बेपत्ता थिए ।