बुधवार, आश्विन १४ गते २०८३

महिनावारी हुँदा छाउगोठमा सुतेकी कमलाको सर्पले टोकेर मृत्यु

आइतवार , आषाढ २९, २०८२

काठमाडौँ । कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।

कृष्णपुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । 

सुदूरपश्चिममा महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य हुन सकेको छैन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार