आइतवार, आश्विन १८ गते २०८३

गृहमन्त्री लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिए

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु, जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’ उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ ।

उनले भने, ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ ।’ प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार