काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्ने अपेक्षा भए पनि त्यसो नभएको भन्दै आपत्ति जनाएका हुन्।
उनले अहिले नै कोको माथि कारबाही गर्नुपर्छ भनेर टिकाटिप्पणी गर्नुभन्दा पहिले अनुसन्धान गर्ने दोषी देखिएर कारबाही गरिहाल्ने गर्नुपर्ने पनि बताए।