आइतवार, आश्विन १८ गते २०८३

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्

सोमवार , आषाढ ३०, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानबारे प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोधेको प्रश्नको जवाफ दिएका छन्। 

प्रचण्ड बोल्दा संसद्‍मा नगएका उनले फेसबुकबाटै जवाफ दिएका हुन्। सोमबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?’ भनेर प्रश्न गरेका थिए।

‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?,’ जवाफमा ओलीले भनेका छन्, ‘ मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

आफूले समय नै तोकेर काम गर्ने कुरा गरेको तर प्रचण्डले त्यसरी केही नभनेको र केही नगरेको समेत आरोप लगाएका छन्। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन,’ उनले भनेका छन्, ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम।’

ओलीले थप भनाइ छ, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार