आइतवार, आश्विन १८ गते २०८३

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त नगरेपछि शेखरको टिप्पणी-  यस्तै रहेछ यहाँको चलन

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस काण्डमा मुछिए पनि कारबाही नभएपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला असन्तुष्ट देखिएका छन् ।

घुस लिएको अडियो भाइरल हुँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्नुको सट्ट उल्टै मन्त्रिपरिषद् बैठकमा बोलाएको र सो विषयमा कुनै छलफल समेत नगरेको भन्दै उनी असन्तुष्ट देखिएका हुन् ।

मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाडेको प्रमाण जुट्दा बर्खास्त हुनुपर्नेमा उल्टै प्रधानमन्त्रीसँग कुरा गरेर बैठकमा सहभागी हुने भन्दै उनले असन्तुष्टि जनाए ।

उनले भने- यस्तै रहेछ यहाँको चलन: मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार