बुधवार, आश्विन १४ गते २०८३

काठमाडौँसहित ४२ जिल्लामा बाढीको जोखिम, जारी गरियो ‘एल्लो अलर्ट’

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

जिल्लाका हिसाबले आज काठमाडौँसहित देशका ४२ जिल्लाका खोलारनदीमा बाढी आउने र जोखिम निम्तिने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

बाढी महाशाखाले उल्लिखित ४२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै सतर्कता अपनाउन सुझाव दिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार