काठमाडौं । खोटाङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर राई गम्भीर घाइते भएकी थिइन् । घाइते इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो ।
घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जनाएका छन् ।