आइतवार, आश्विन १८ गते २०८३

मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

उक्त समितिको संयोजकमा बागमती प्रदेश सरकारमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।

जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू ०८२–०८३ सम्म गरिने बताइएको छ । त्यस्तै ०८४ मा भने जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने भनिएको छ । मूल आ‍योजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने पनि बताइएको छ ।

त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार