आइतवार, आश्विन १८ गते २०८३

शपथ खाँदा नै १ वर्ष हो है भनिएको थियो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया रहेको बताएका छ्न ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा आज उनले प्रधानमन्त्रीको स्पेन भ्रमणपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि ? भन्ने प्रश्नमा उनले मन्त्रिपरिषद् गठन, पुर्गठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा एक वर्षको कार्यकाल हेरिने, कार्यकाल थपघट गरिने उल्लेख गरेको बताएका छन् । एक वर्ष आफूहरूले कुनै दायाँबायाँ र उत्तारचढाव नभई बिताएको बताएका छन् ।

उनले सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको दाबी गरेका छन् । सञ्चारमन्त्री गुरुङले भने, ‘मन्त्रिमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन् । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौँ । गठबन्धनमा सहमति भयो भने सामान्यतः एक वर्षभित्र मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो– १ वर्षको हो है भन्नुभएको थियो ।’

उनले थपे, ‘त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो । एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्यान्डिङ गरेका छौँ ।’ उनले यो एक वर्षमा चाहे जस्तो अर्थतन्त्र तयार भने नभएको बताएका छन् । मन्त्री गुरुङले भने, ‘हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ । यद्यपि हामीले चाहेको अझै भएको छैन ।’

उनले थपे, ‘आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसाबले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो ।’ मन्त्री गुरुङले बजेटको डुप्लिकेसन बन्द भएको दाबी गरेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार