सोमवार, श्रावण २५ गते २०८३

यूएईको जेलमा रहेका १२० नेपालीलाई आम माफी

बुधवार , आषाढ ३२, २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ। 

इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले बताएको छ।

नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार समेत प्रकट गरेको छ। मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन्।

गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो। त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार