आइतवार, श्रावण २४ गते २०८३

फिल्म ‘सिटामोल’को दोस्रो गीत मुटुभित्र खिल छ हजुर सार्वजनिक

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीत मर्मस्पर्शी छ ।

सार्वजनिक गीतमा बाबुल गिरीको संगीत तथा स्वर रहेको छ । गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । गीतको भिडिओमा कलाकार सौगात मल्ल, बेनिशा हमालसहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र संगीतबार बाबुल गिरी छन् । यसै गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली सिनेमामा विशेष भूमिकामा डेब्यु गरेका हुन् ।

सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल र टिकटकमा हिट भएपछि निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो । यो गीतले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाउने विश्वास निर्माण टिमले गरेको छ ।

राजबहादुर साने निर्देशित फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्‌को सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार