बुधवार, आश्विन १४ गते २०८३

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

शुक्रवार , श्रावण २, २०८२

काठमाडौँ । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। उनले आजबाट लागू हुने गरी बिहीबार न्याय परिषद्मा राजीनामा बुझाएका हुन्।

उनी हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए। २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो। उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन्।

उनले आफ्नो स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताए। उनको राजीनामा सँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएका छन्। यीमध्ये २ मुख्य न्यायाधीशका पद छन्।  

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार