आइतवार, आश्विन १८ गते २०८३

भारी वर्षासँगै तयारी अवस्थामा रहन प्रधानमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन

आइतवार , श्रावण ४, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले आइतबार दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले अत्यावश्यक अवस्थाबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई पनि अनुरोध गरेका छन्। साथै, उनले सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार