बुधवार, आश्विन १४ गते २०८३

मुग्लिन सडकको तुईन खोला पुल नजिकै कारमाथि ढुंगा खस्दा तीन जना घाइते

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै हिँडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार