बुधवार, आश्विन १४ गते २०८३

तारकेश्वरको खेल मैदानमा मृत भेटिएकी २६ वर्षीया युवतीको सनाखत

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान मृत फेला परेकी युवतीको सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृतक युवती धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङ हुन् ।

उनी आज बिहान तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानको फलामेबारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीले उनका आफन्तको भनाइ उद्धृत गर्दै दिएको जानकारी अनुसार तिलमाया गएरातिदेखि हराएकी थिइन् ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार