बुधवार, आश्विन १४ गते २०८३

५० जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- सर्तकता अपनाउनु

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाडौँ, ललितपुर, भक्तपुरसहितका ५० जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च छ ।

यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार