बुधवार, आश्विन १४ गते २०८३

बाढी र पहिरोको कारण ५ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । बाढी र पहिरोको कारण देशका ५ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीले सूचना जारी गर्दै ५ सडक पूर्णरूपमा अवरुद्ध र ५ सडक एकफर्ती सञ्चालनमा आएको जानकारी दिएको हो ।

संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग र तमोर करिडोर सडक, रसुवाको पासाङ लहमु सडक, र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

यस्तै काठमाण्डु–नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती खुलेको पैहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार