काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
चुनलिन डेढ महिना पहिले नेपाल आएको भेटिएको छ । सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन् । उनीहरू उक्त होटलमा सँगै बस्दै आएका थिए।
बरामद सुन परीक्षण गरिसकेको र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।