बुधवार, आश्विन १४ गते २०८३

बलात्कार मुद्दामा फसाउछु भन्दै १४ लाख असुल्ने दैलेख नौमुलेकी शिन्दु चन्द पक्राउ

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । बलात्कार मुद्दामा फसाउछु भन्दै १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो । चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ ।

बलात्कार मुद्दामा फसाउन भन्दै उनदे पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ । उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार