आइतवार, आश्विन १८ गते २०८३

सभामुख घिमिरेले भने– आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले सडकमा गएर आन्दोलन गरेर बाध्य बनाएपछि मात्रै सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

सभामुख घिमिरेले भने, ‘सडकमा गएर आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्यूनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्नुपर्छ, तपाईंका कुराहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित छन् भने तत्काल सम्भव छैन भन्नेकुरा भन्यो भने नबुझ्ने कुरै छैन ।’

उनले थपे, ‘प्राथमिकता नपाए सडकमै जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ । कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक होइन । तर त्यो तहमा जानुपर्ने स्थिति नआउनुपर्ने हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार